images
images

२२ करोड रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक


  • 287
    SHARES
  • २०८० जेठ १८ गते बिहीबार

    २२ करोड रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरुमा रहेको २२ करोड २ लाख रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले बिहीबार सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको मुद्धती निक्षेपमा लगानी गर्ने भएको हो । 

    राष्ट्र बैंकले क वर्गाको वाणिज्य बैंकहरुमा १७ करोड ६२ लाख, ख वर्गको राष्ट्रिय वर्गका विकास बैंकहरुमा ३ करोड ३० लाख र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १ करोड १० लाख रुपैयाँ लगानी गर्ने भएको छ । 

    निक्षेप लिन चाहाने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई जेठ २१ गते भित्र जानकारी गराउन  बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३६६ दिनको हुनेछ । 


    images
    images

    Logo