काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको जेठ १७ गते बसेको बैठकले यस अघिको प्रस्तावलाई संशोधन गरी अब १५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीले गत बैशाख १५ गते बसेको बैठकले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले नियमन आयोगको निर्देशन अनुसार अब हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत अर्थात १ः१.५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ ।
कम्पनीको उक्त प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात निष्काशन हुनेछ ।