images
images

पैसा लिएर फरार भएका एकता बुद्ध सहकारीका पदाधिकारी पक्राउ


  • 504
    SHARES
  • २०८० जेठ १७ गते बुधबार

    पैसा लिएर फरार भएका एकता बुद्ध सहकारीका पदाधिकारी पक्राउ

    काठमाडौं । एकता बुद्ध वचत तथा ऋण सहकारी संस्थाका फरार कार्यकारी अध्यक्ष भानु शर्मा, ब्यवस्थापक शम्भु कार्की सहित कार्यसमितिका पदाधिकारी सी.आई.बी को फन्दामा परेका छन् ।

    बुढानिलकण्ठ ९ एकता बस्तीमा सञ्चलित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कानुनी प्रकिया अनुसार छानबिन समितिले २०७९ पुसको पहिलो हप्ताबाट छानबिनको काम सुरु गरि छानबिन सकाएर प्रतिवेदन पेश गरेको थियो। छानविनको प्रतिवेदन अनुसार एकता बुद्ध वचत तथा ऋण सहकारीको त्रुटि रहेको जवाफ छ ।

    एकता बुद्ध सहकारी संस्थाका कार्यकारी अध्यक्ष भानु शर्मा सहकारी मन्त्रालय अन्तर्गत सहकारी महाशाखाबाट फरार भएका थिए भने ब्यवस्थापक शम्भु कार्की सम्पर्कविहीन भएका थिए।

    बागमती प्रदेश, हेटौडा अन्तर्गतका सहकारी मन्त्रालयबाट सो सहकारीको केश फाइल सी.आई.बी मा अनुसनधान र कारर्वाहीको लागि अगाडि बढाइएको थियो ।

    लामो समयको अनुसन्धान पश्चात सी.आई.बी र स्थानीय प्रहरी प्रशासनको नेतृत्व र बुढानिलकण्ठ वडा ९ को जनप्रतिनिधिका उपस्थिति सहित फरार कार्यकारी अध्यक्ष भानु शर्मा, ब्यवस्थापक शम्भु कार्की सहित कार्यसमितिका पदाधिकारीलाई पक्राउ गर्न सफल भएको छ ।

    एकता बुद्ध सहकारी सस्थामा उपाध्यक्ष प्रमोद कुमार न्यौपाने ,सचिव सोमलाल श्रेष्ठ,कोषाध्यक्ष राम कुमार श्रेष्ठ ,सदस्य वीर बहादुर तामाङ ,होमनाथ तिमिल्सिना, ज्ञानु कुमारी राई बीचको आर्थिक हिनामिना र अन्तरिक संस्थागत किचलोले गर्दा पीडित बचतकर्ताहरु मारमा परिरेका छन् ।


    images
    images

    Logo