images
images

जीवन बीमा कम्पनीले बैशाखसम्ममा आर्जन गरे १ खर्ब १४ अर्ब रुपैयाँ, कसको कति ?


  • 603
    SHARES
  • २०८० जेठ १७ गते बुधबार

    जीवन बीमा कम्पनीले बैशाखसम्ममा आर्जन गरे १ खर्ब १४ अर्ब रुपैयाँ, कसको कति ?

    काठमाडौं । बैशाखसम्ममा जीवन बीमा कम्पनीले १ खर्ब १४ अर्ब बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार बैशाख महिनासम्ममा १८ बटा कम्पनीले कुल ८९ लाख ७ हजार ४ सय २२ बीमालेख जारी गरि १ खर्ब १४ अर्ब १० करोड ९७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

    नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा २९ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एलआइसी नेपालले १४ अर्ब १८ करोड ८५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । नेशनल लाइफले १२ अर्ब ३९ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ ।

    त्यसैगरी यस अवधिसम्ममा राष्ट्रिय बीमा संस्थानले ७ अर्ब ५८ करोड ५ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । सूर्यज्योति लाइफले ६ अर्ब ७७ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । साविक यूनियन लाइफले ६ अर्ब २३ करोड ९ लाख, एशियन लाइफले ५ अर्ब ६८ करोड ६८ लाख, सिटिजन लाइफले ४ अर्ब ४२ करोड ३ लाख, सानिमा रिलायन्स लाइफले ४ अर्ब ४१ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

    त्यस्तै, मेट लाइफले ४ अर्ब २७ करोड ३८ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । साविक प्राइम लाइफले ३ अर्ब ५२ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । आइएमई लाइफले ३ अर्ब २६ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । सन नेपाल लाइफले ३ अर्ब १३ करोड ९३ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । 

    त्यस्तै, रिलायबल नेपाल लाइफले ३ अर्ब ५२ लाख, साविक गुराँस लाइफले २ अर्ब ३९ करोड २२ लाख, प्रभु लाइफले १ अर्ब ६९ करोड २९ लाख रुपैयाँ, महालक्ष्मी लाइफले १ अर्ब ३१ करोड २० लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । 

    life linsurance company.JPG

     

     


    images
    images

    Logo