काठमाडौं । डिप्रोक्स लघुवित्त र आर्दश लघुवित्त असार १ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । यी दुई संस्थाबीच एकआपसमा गाभ्ने.गाभिने तथा मर्जरमा जाने सम्झौतापश्चात् असार एकगतेदखि संयुक्त रुपमा एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । दुबै कम्पनीले मर्जर पश्चात ‘डिप्रोक्स लुघवित्त वित्तीय संस्थाको नामबाट कारोबार सुरु हुनेछ ।
चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. १० भरतपुरमा रजिष्टार्ड कार्यालय रहेको डिप्रोक्स लघुवित्त र काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ७ बनेपामा रजिष्टार्ड कार्यालय रहेको आदर्श लघुवित्त वित्तीय संस्थाबीच गत फागुन ३० गते आ–आफ्नै वार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गरेपछि मर्जर प्रक्रिया अघि बढेको हो ।
साथै यी दुर्य संस्थाको मर्जरलाई नेपाल धितोपत्र बोर्डले जेठ ९ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।



