काठमाडौं । युनाईटेड इन्स्यारेन्स र अजोड इन्स्योरेन्सले आजदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुबै कम्पनीले मर्जर पश्चात अजोड युनाइटेड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
यी दुबै कम्पनी बिच स्वाप रेसियो १००ः८२.५० हुने सहमति भएको छ । यी दुबै कम्पनीले गत पुस २६ गते मर्जरका लागि सैद्धान्तिक सहमति गरेका थिए । हाल युनाइटेडको चुक्ता पूँजी १ अर्ब २ करोड रहेको छ भने अजोडको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ ।
मर्जपछि बन्ने युनाइटेड अजोड इन्स्योरेन्सको अध्यक्षमा अजोड इन्स्योरेन्सका अध्यक्ष अजद श्रेष्ठ बन्ने छन् भने सीईओ श्रवण रावल नियुक्त हुनेछन् । त्यस्तै, युनाइटेड अजोडको सिनियर डीसीईओ कुमार बहादुर खत्री हुनेछन् ।
त्यस्तै, अजोड इस्योरेन्स र युनाइटेड इस्योरेन्स एक आपस मर्जर भएर आजदेखि एकीकृत कारोबार सुरु गरेसँगै शेयर कारोबार पनि रोक्का हुने भएको छ ।
सोही क्रममा आजदेखि नेप्सेले एकीकृत कारोबार सुरु गर्ने भएसँगै शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि शेयर कारोबार बन्द गर्न लागेको इस्योरेन्सले जनाएको छ ।



