काठमाडौं । सेयर बजारले पछिल्ला दिनमा सकारात्मक संकेतहरु देखाउन थालेको छ । यो साता परिसूचक नेप्से ८१.८० अंक बढेर १ हजार ९ सय ५९ दशमलव १२ विन्दुमा पुगेको छ। बजार खुलेका ४ कारोबारमध्ये सबै कारोबार दिन नेप्से बढेर बन्द भएसँगै नेप्सेले सो बराबरको अंक कमाएको हो।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ४.३६ प्रतिशत बढेको छ। गत साता २७ खर्ब ३८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब १९ अर्ब रुपैयाँ बढेर २८ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ।
साताको पहिलो दिन नेप्से ५.८९ अंकले बढेर १ हजार ८ सय ८३ दशमलव २० विन्दुमा पुगेको छ । सो दिन १ अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, साताको दोस्रो दिन सोमबार ८.११ अंकले बढेर १ हजार ८ सय ९१ दशमलव ३१ विन्दुमा पुगेको छ । सो दिन १ अर्ब २४ करोड रुपैयाँ बराबरको शेयर करोबार भएको थियो ।
त्यस्तै, मंगलबार ५१.३२ अंकले बढेर १ हजार ९ सय ४२ दशमलव ६३ विन्दुमा पुगेको थियो । सो दिन २ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, बुधबार १४.४९ अंकले बढेर १ हजार ९ सय ५९ दशमलव १२ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब ४८ करोड रुपैयाँ बरारबको शेयर कारोबार भएको थियो ।
यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १२.७१ प्रतिशत बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम १.१० प्रतिशत बढेको बढेको छ।
पछिल्ला दिनहरुमा बजारले सकरात्मक संकेत देखाउनुमा तरलता अवस्था सहज हुँदै जानु र ब्याजदर घट्न थाल्नु नै सबैभन्दा प्रमुख कारण हुन् । नयाँ बजेट आउने दिन पनि नजिकिएको छ । बजेटमार्फत सेयर बजारका मुद्दाहरु सम्बोधन हुनेमा लगानीकर्ता आशाले गर्दा शेयर बजार अझै बढ्ने सङ्केत रहेको छ ।
८ कम्पनीको बोनस शेयर सुचीकृत
यस साता ८ कम्पनीको १ करोड ३० लाख २४ हजार ९ सय ६२ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता सबैको लघुवित्त, इन्फिनिटी लघुवित्त, लक्ष्मी लघुवित्त, एनएलजी इन्स्योरेन्स, साग्रीला डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त, छिमेक लघुवित्त र युनाइटेड मोदी हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको छ।
| S.N | Name | Bonus | Listing |
| 1 | Shangrila Development Bank Limited | 8.534 | 2569220 |
| 2 | Sabaiko Laghubitta Bittiya Sanstha | 18 | 486000 |
| 3 | Infinity Laghubitta Bittiya Sanstha | 20 | 829026 |
| 4 | Laxmi Laghubitta Bittiya Sanstha | 15 | 576081 |
| 5 | NLG Insurance Company Limited | 10 | 1326614 |
| 6 | Nerude Laghubitta Bittiya Sanstha | 22 | 1320000 |
| 7 | Chhimek Laghubitta Bittiya Sanstha | 22 | 5113020 |
| 8 | United Modi Hydropower Limited | 7 | 805000 |
| Total | 13024961 |
२ कम्पनीको शेयर मूल्य समायोजन
यस साता २ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी समायोजन हुनेमा प्रभु लाइफ इस्योरेन्स र नेशनल लाईफ इस्योरेन्स रहेका छन् ।
नेशनल लाईफ इस्योरेन्सको ८ प्रतिशत बोनस बापत नेप्सेले बुधबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ६ सय १ दशमलव ६७ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ६ सय ४९ दशमलव ८० रुपैयाँमा भएको थियो ।
त्यस्तै, प्रभु लाइफ इस्योरेन्सको ९।८० प्रतिशत बोनस बापतको नेप्सेले बुधबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४ सय २८ दशमलव ५ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ४ सय ७० रुपैयाँमा भएको थियो ।



