काठमाडौं । नेपाल राष्ट्र बैंक २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले आइतबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो ।
बैंकले २८ दिनको लागि ४ अर्बको ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि ७ अर्ब १३ करोडको ट्रेजरी विल जारी गर्ने भएको छ । जसमा ४अर्बको नयाँ जारी गर्ने लागेको हो । त्यस्तै, १८२ दिनको लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारुी गर्ने भएको छ भने ३६४ दिनको लागि १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ ।
उक्त ट्रेजरी विल २८ दिनको असार १२ गते परिपक्क हुनेछ भने ९१ दिनको भदौ १२ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको मंसिर १२ गते परिपक्क हुनेछ भने ३६४ दिनको २०८१ जेठ १५ गते परिपक्क हुनेछ ।
यो ट्रेजरी विल आइतबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।



