काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ९ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार जेठ ८ गते बैंकहरुको निक्षेप सो रकम बराबर घट्न पुगेको हो ।
जेठ ७ गते ५५ खर्ब ३ अर्ब रुपैयाँ रहेको निक्षेप जेठ ८ गते ९ अर्बले घटेर ५४ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको राष्ट्र बैंकले जनाएको छ । सोही समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि ८ अर्ब रुपैयाँले घटेको छ । ७ गते ४८ खर्ब ५४ अर्ब रुपैयाँ रहेको निक्षेप ८ गते ८ अर्बले घटेर ४८ खर्ब ४६ अर्ब रुपैयाँमा झरेको छ ।
त्यस्तै, सोही अवधिमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप पनि १अर्बले घटेको छ । जेठ ८ गते बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६ अर्ब ४८ अर्ब रुपैयाँ रहेको छ ।
बैंकहरुको नक्षेप ९ अर्बले घट्दा कर्जा लगानी भने १ अर्बले बढेको छ । जेठ ७ गते ४८ खर्ब ४७ अर्ब रुपैयाँ रहेको बैंकहरुको कर्जा लगानी ८ गते बढेर ४८ खर्ब ४८ अर्ब रुपैयाँ रहेकोे छ । सो अवधिमा वाणिज्य बैंकको कर्जा लगानी २ अर्बले बढेर ४२ खर्ब ९७ अर्ब रुैपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको १ अर्बले बडेर ५ खर्ब ५२ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
सो समयमा बैंकको सीडी रेसियो ८४.८७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।



