काठमाडौं । २ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी समायोजन हुनेमा प्रभु लाइफ इस्योरेन्स र नेशनल लाईफ इस्योरेन्स रहेका छन् ।
नेशनल लाईफ इस्योरेन्सको ८ प्रतिशत बोनस बापत नेप्सेले बुधबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ६ सय १ दशमलव ६७ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ६ सय ४९ दशमलव ८० रुपैयाँमा भएको थियो ।
त्यस्तै, प्रभु लाइफ इस्योरेन्सको ९.८० प्रतिशत बोनस बापतको नेप्सेले बुधबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४ सय २८ दशमलव ५ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ४ सय ७० रुपैयाँमा भएको थियो ।