काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनीले जेठ १४ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । मर्जर प्रक्रियामा रहेका यी दुई कम्पनीले अन्तिम स्वीकृति पाएसँगै जेठ १४ गतेदेखि एकीकृत कारोबार गर्ने निर्णय गरेका छन्।
दुबै कम्पनीले मर्जर पश्चात अजोड युनाइटेड इन्स्योरेन्सको नामबाट कारोबार सुरु हुनेछ । यी दुबै कम्पनी बिच स्वाप रेसियो १००ः८२.५० हुने सहमति भएको छ ।
यी दुबै कम्पनीले गत पुस २६ गते मर्जरका लागि सैद्धान्तिक सहमति गरेका थिए । हाल युनाइटेडको चुक्ता पूँजी १ अर्ब २ करोड रहेको छ भने अजोडको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ ।
प्रभु इन्स्योरेन्ससँग मर्जर सम्झौता तोडेपछि अजोड इन्स्योरेन्स कम्पनीले युनाइटेड इन्स्योरेन्ससँग मर्जर सम्बन्धी सम्झौता गरेको थियो ।