काठमाडौं । मर्जरका लागि २ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डको अन्तिम स्वीकृति पाएका छन् । मंगलबार मर्जर प्रकृयामा रहेका युनाईटेड इन्स्यारेन्स र अजोड इन्स्योरेन्सले बोर्डको अन्तिम स्वीकृति पाएका हुन् ।
दुई कम्पनी मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने तयारी गरेका छन् ।
दुई कम्पनीबीच स्वाप रेसियो १००ः८२.५ अनुपात मर्जरमा जाने सहमति भएको हो । अर्थात अजोडको १०० कित्ता शेयर हुने सेयरधनीले युनाइटेडमा गाभिएपछि ८२.५ कित्ता शेयर पाउने छन् ।
हाल युनाइटेड इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ७ करोड रुपैयाँ छ । अजोडको १ अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी छ ।