images
images

नेष्डाेकाे लाभांश सम्बन्धि मुद्दामा सर्बोच्चले दियो यस्तो आदेश


  • 448
    SHARES
  • २०८० जेठ ९ गते मंगलबार

    नेष्डाेकाे लाभांश सम्बन्धि मुद्दामा सर्बोच्चले दियो यस्तो आदेश

    काठमाडौं । नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्थाले लाभांश घटाउने राष्ट्र बैंकको निर्देशन विरुद्ध दायर गरेको मुद्दामा सर्बोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो।

    कम्पनीले राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई विपक्षी बनाएर जेठ ५ गते दायर गरेको रिटमा आज सुनुवाई गर्दै सर्वोच्चले अल्पकालिन अन्तरिम आदेश र कारण देखाउ आदेश जारी गरेको छ ।

    नेष्डो लघुवित्तले ७३.६८४२ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेकोमा राष्ट्र बैंकले लाभांश कटौती गरेर १७.९३ प्रतिशत लाभांश मात्र बाड्न निर्देशन दिएपछि कम्पनी अदालतमा रिट दायर गरेको थियो।


    images
    images

    Logo