काठमाडौं । हाथवे स्टक डिलरको हकप्रद शेयरमा आवेदन दिने मिति थपिएको छ । कम्पनले बैशाख ६ गतेदेखि जेठ ९ गतेसम्म खुल्ला गरेको हकप्रक शेयरमा आवेदन दिने मिति थपिएको हो ।
सो कम्पनीको हकप्रदरमा जेठ २४ गतेसम्म आवेदन दिनसकिने कम्पनीले जनाएको छ । कम्पनीले १.०६३ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने लागेको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद निष्कासन गर्ने सम्बन्धि प्रस्ताव कम्पनीको गत असोज २८ गते सम्पन्न प्रथम वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।