काठमाडौं । नेपाल धितोपत्र बोर्डले सात वटा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ । सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
यसरी ब्रोकरको लाइसेन्स पाउने कम्पनीहरुमा भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, शेयर प्रो सेक्युरिटिज र प्रोपर्टी विजार्ड रहेका छन्।
बाेर्डले ४३ ब्रोकर कम्पनीलाई आसय पत्र दिएको थियो । जसमध्येबाट आवश्यक पूर्वाधार तयार गरी निवेदन दिएका कम्पनीहरुले लाइसेन्स पाउन सफल भएका छन् ।