images
images

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ जेठ १९ गतेदेखि


  • 451
    SHARES
  • २०८० जेठ ९ गते मंगलबार

    कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ जेठ १९ गतेदेखि

    काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ जेठ १९ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले कुल १ करोड २१ लाख ८६ हजार ८ सय बराबरको १ लाख २१ हजार ८ सय ६८ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको छ। जसमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडाहरु) तथा भिमेश्वर नगरपालिका वडा नं. १ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडाहरु) का बासिन्दाहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

    त्यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि  १२ लाख १८ हजार ६ सय रुपैयाँ बराबरको १२ हजार १ सय ८६ कित्ता आईपीओ छुट्याएको छ । 

    उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

    उक्त आईपीओमा स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा असार १ गते हुनेछ भने ढिलोमा असार १७ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असार १ गतेभित्र आवेदन दिनइसक्नुपर्ने कम्पनीले जनाएको छ।


    images
    images

    Logo