काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१० अंकले बढेर १ हजार ८ सय ९१ दशमलव ३१ विन्दुमा पुगेको छ । आज कारोबारमा आएको २ सय ७२ स्क्रिपको १ अर्ब २७ करोड रुपैयाँ बराबरको ३४ लाख ९५ हजार कित्ता शेयर किनबेच भएको छ ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। आइतबार १ अर्ब ५४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो तर आज सोमबार १ अर्ब २७ करोडमा सिमित भएको छ । १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ।
सोमबार कारोबारमा आएको १ सय ३३ कम्पनीको शेयर मूल्य बढेको छ । ७८ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थिर छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको ७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ६ करोड १७ लाख, ओरिएण्टल होटल्सको ५ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेमा आत्मनिर्भर लघुवित्त रहेको छ । त्यसैगरी, यस दिन युनिलिभर नेपालको शेयरमूल्य ७ प्रतिशत बढेको छ भने गुडविल फाइनान्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।



