काठमाडौं । ४ कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ । आइतबार नेप्सेले इन्फिनिटी लघुवित्त, सबैको लघुवित्त लक्ष्मी लघुवित्त र एनएजी इन्स्योरेन्सको शेयर सूचीकृत भएको हो ।
इन्फिनिटी लघुवित्तको २० प्रतिशत बोनश वापतको ८ लाख २९ हजार २६ कित्ता शेयर सूचीकृत भएको छ भने सबैको लघुवित्तको १८ प्रतिशत बोनश वापतको ४ लाख ८६ हजार शेयर सूचीकृत भएको छ ।
त्यस्तै, लक्ष्मी लघुवित्तको १५ प्रतिशत बोनश वापतको ५ लाख ७६ हजार ८१ कित्ता शेयर सूचीकृत भएको छ भने एनएजी इन्स्योरेन्सको १० प्रतिशत बोनश वापतको १३ लाख २६ हजार ६ सय १४ कित्ता शेयर सूचीकृत भएको छ ।
सूचीकरणसँगै उक्त कम्पनीहरुको शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।