images
images

सातामा ३८ अंकले बढ्यो नेप्से, आगामी साता के होला ? 


  • 343
    SHARES
  • २०८० जेठ ६ गते शनिबार

    सातामा ३८ अंकले बढ्यो नेप्से, आगामी साता के होला ? 

    काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ३८.७३ अंक बढेर १ हजार ८ सय ७७ दशमलव ३२ विन्दुमा पुगेको छ। साताका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार बढेसँगै नेप्से २ प्रतिशतभन्दा बढी बढेको हो। यस साता आइतबार र सोमबार बजार घटेको थियो भने बाँकी तीन कारोबार दिन बढेको थियो। यस नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

    यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि २ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन २६ खर्ब ८२ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ५६ अर्ब रुपैयाँ बढेर २७ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ।

    साताको पहिलो दिन आइतबार १६.९५ अंकले घटेको थियो । सो दिन ८८ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । साताको दोस्रो दिन सोमबार ३.३३ अंकले घटेको थियो । सो दिन ७० करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    त्यस्तै, मंगलबार ३.३१ अंकले बढेको थियो । सो दिन ६३ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सो दिन नेप्से बढेपनि कारोबार रकम भने घटेको थियो । बुधबार २३.४० अंकले बढेको थियो । सो दिन ८४ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    त्यस्तै, साताको अन्तिम दिन विहीबार ३२.३० अंकले बढेको थियो । सो दिन १ अर्ब ४६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सो दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको थियो । 

    यस साता १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस साता लगानी उपसमूहको परिसूचक सर्वाधिक ४.४३ प्रतिशत बढेको छ।  यस साता अन्य उपसमूहको परिसूचक ०.३२ प्रतिशत अर्थात ४.३२ अंक घटेको छ।  

    यस साता नेप्सेमा कुल ८ करोड २४ लाख ५२ हजार ४ सय ४३ कित्ता शेयर सूचीकृत भएको छ। यस साता एक कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको हो भने ७ कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ। त्यसैगरी, यस साता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको मर्जरपश्चात शेयर सूचीकृत भएको हो।

    केन्द्रीय बैंकको नीतिले पनि ब्याजदर घटाउनेतर्फ नै जोड दिएको छ । मुख्ययतः ब्याजदर घट्न सुरु गरेकै कारण बजार सकारात्मक देखिएको हो, अरु नीतिगत अवरोधहरु त यथावत् नै रहेको अवस्था छ । अहिले बजारमा सकारात्मक माहोल देखिनुको अर्को कारण सेयर भाउ निकै सस्तो हुनु पनि हो । निरन्तर घटेको बजारमा सबल वित्तीय सूचक भएकै कम्पनीको मूल्य पनि निकै तल्लो विन्दुमा आइसकेको छ ।

     

     


    images
    images

    Logo