काठमाडौं । सिटी होटेल लिमिटेडको आईपीओ बाँडफँट सम्पन्न भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको सो आईपीओमा आव बिहान बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बाँठफाँट गरिएको हो ।
आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलप्रथाबाट बाँडफाँट गरिएको छ जसअनुसार १ लाख ३५ हजार ५ सय ९४ जनाले मात्रै शेयर पाएका छन् । भने ९ लाख बढी आवेदनकर्ताहरु हातखाली भएको छ ।
सो आईपीओमा कुल ११ लाख ७ हजार २ सय १६ आवेदकले कुल १ करोड २० लाख ७४ हजार ८ सय कित्ता शेयरका लागि आवेदन दिएका थिए ।