images
images

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर निष्काशनको मिति तोकियो 


  • 752
    SHARES
  • २०८० जेठ ५ गते शुक्रबार

    हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर निष्काशनको मिति तोकियो 

    काठमाडौं ।  हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर निष्काशनको मिति गरिएको छ । कक्पनीको हकप्रद शेयर जेठ २२ गतेदेखि निष्काशन हुने भएको छ । 

    कम्पनीले ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । १ः०.७५ को अनुपातमा अर्थात १ कित्ता शेयर बराबर ०.७५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले  १ सय रुपैयाँ अंकित दरका १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख  कित्ता हकप्रद जारी गर्ने भएको छ।

    हकप्रद निष्काशनका लागि कम्पनीले वैशाख २७ गते बुकक्लोज गरेको थियो। यसअनुसार वैशाख २६ गतेसम्म कायम रहेका यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्। सो हकप्रदमा लगानीकर्ताले असार १० गतेसम्म आवेदन दिन पाउनेछन् ।

     कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक लक्ष्मी क्यापिठल मार्केट लिमिटेड रहेको छ।


    images
    images

    Logo