काठमाडौं । एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । विहीबार मितेरी डेभलपमेन्ट बैंकको १२.३५ प्रतिशत बोनस बापतको ११ लाख १५ हजार ७ सय ३३ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।