images
images

१० प्रतिशत रकम असुल गरेर कर्जाको पुनः संरचना/पुनः तालिकीकरण गर्न सकिने


  • 349
    SHARES
  • २०८० जेठ ३ गते बुधबार

    १० प्रतिशत रकम असुल गरेर कर्जाको पुनः संरचना/पुनः तालिकीकरण गर्न सकिने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थाहरुले कर्जा पुनरसंरचना गर्दा १० प्रतिशत रकम असुल गरी कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न सकिने जनाएको छ । 

    राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै  बैंक तथा वित्तीय संस्थाले होटल तथा रेष्टुरेन्ट, पशुपन्छीपालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र ५ करोड रुपैयाँसम्मको अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जालाई ऋणीको अनुरोधमा उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी पुनस्तालिकीकरण तथा पुनस्संरचना गर्न सकिने जनाएको हो । 

     राष्ट्र बैंकले तेस्रो त्रैमासिक समीक्षा कार्यान्वयन गर्दै पुनरतालिकीकरण तथा पुनरसंरचना २०८० असार मसान्तभित्र गरिसक्नु पर्ने, २०७९ चैत मसान्तमा सक्रिय वर्गमा बर्गीकरण भएको कर्जा र पुनरसंरचना गरिएका कर्जाहरुमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ उल्लेख गरेको ।

    कर्जाहरुलाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा कुनै हर्जाना तथा शुल्क नलाग्ने गरी २०८० असार मसान्त भित्र ३ महिनाको लागि म्याद थप गर्न सकिने छ । 

     


    images
    images

    Logo