images
images

जेठ २१ गतेदेखि एकीकृत कारोबार गर्दै २  इन्स्योरेन्स कम्पनी


  • 692
    SHARES
  • २०८० जेठ ३ गते बुधबार

    जेठ २१ गतेदेखि एकीकृत कारोबार गर्दै २  इन्स्योरेन्स कम्पनी

    काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनीले जेठ २१ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुबै कम्पनीले मर्जर पश्चात अजोड युनाइटेड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

    यी दुबै कम्पनी बिच स्वाप रेसियो १००ः८२.५० हुने सहमति भएको छ । यी दुबै कम्पनीले गत पुस २६ गते मर्जरका लागि सैद्धान्तिक सहमति गरेका थिए । हाल युनाइटेडको चुक्ता पूँजी १ अर्ब २ करोड रहेको छ भने अजोडको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ ।

    प्रभु इन्स्योरेन्ससँग मर्जर सम्झौता तोडेपछि अजोड इन्स्योरेन्स कम्पनीले युनाइटेड इन्स्योरेन्ससँग मर्जर सम्बन्धी सम्झौता गरेको थियो ।


    images
    images

    Logo