images
images

४ कारोबारको दिनपछि शेयर बजारमा ३ अंकको वृद्धि


  • 288
    SHARES
  • २०८० जेठ २ गते मंगलबार

    ४ कारोबारको दिनपछि शेयर बजारमा ३ अंकको वृद्धि

    काठमाडौं । शेयर बजार ४ कारोबारको दिनपछि आज मंगलबार ३.२९ अंकले बढेर १ हजार ८ सय २१ दशमलव ६० विन्दुमा पुगेको छ । गत बुधबार देखि घटेको शेयर बजारमा आज सामान्य अंकले बढेको छ ।  गत बुधबार २‍.४३ अंक, विहीबार ३‍.३३ अ‌ंक, आइतबार १६.५ अंक र साेमबार ३.३३ अ‌ंकले घटेकाे थियाे । तर आज म‌गलबार सामान्य अंकले बढेकाे छ । 

    आज २ सय ६९ स्क्रिपको ६४ करोड १ लाख रुपैयाँ बराबरको २० लाख ६३ हजार कित्ता शेयर किनबेच भएको छ । नेप्से सामान्य अंकले बढेपनि काराेबार रकममा भने गिरावट आएकाे छ । साेमबार ७० कराेड ४६ लाख रुपैयाँ बराबरकाे शेयर काराेबार भएकाे थियाे । 

    आज कारोबारमा आएका १ सय ३६ कम्पनीको शेयर मूल्य बढेको छ । ६३ कम्पनीको शेयर मूल्य घटेको छ भने १७ कम्पनीको शेयर मूल्यमा स्थिर छ । आज सबैभनदा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ५ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज आत्मनिर्भर लघुवित्तको ९.९९ प्रतिशतले बढेको छ । मायाखोला हाइड्रोपावरको ५.७० प्रतिशत बढेको छ भने हिमालयन उर्जा विकास कम्पनीले ५.३५ प्रतिशत बढेको छ । 


    images
    images

    Logo