images
images

कृषि बीमालेख बन्द, दाबी भुक्तानी समेत रोक्ने बीमक संघको निर्णय


  • 335
    SHARES
  • २०८० जेठ १ गते सोमबार

    कृषि बीमालेख बन्द, दाबी भुक्तानी समेत रोक्ने बीमक संघको निर्णय

    काठमाडौं । नेपाल बीमक संघले बाली तथा पशुपंक्षी बीमासम्बन्धी नयाँ बीमालेख जारी गर्न बन्द गर्ने भएको छ । सरकारले तोकेबमोजिमको अनुदान भुक्तानी नगरेको भन्दै संघले जेठ ७ गतेदेखि लागु हुनेगरी बीमालेख बिक्री नगर्ने निर्णय गरेको हो ।

    सरकारले बजेटमा उल्लेख गरेर दिने भनेको अनुदान करिब डेढ वर्षदेखि भुक्तानी दिएको छैन । बीमकले मत्स्य, बाली तथा पशु बीमा समेत गरी करिब ३ अर्ब बराबरको अनुदान बीमा कम्पनीहरुले भुक्तानी पाउनुपर्ने अवस्था रहेको जनाएको छ । तर, पटकपटक ताकेता गर्दा पनि अनुदान रकम भुक्तानी हुन नसकेपछि बीमालेख नै बन्द गर्नुपर्ने अवस्था रहेको संघले जनाएको छ । 

    बजेटले हाल जारी कृषि तथा पशुपंक्षी बीमामा बीमाशुल्कको ७५ प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेको छ । साथै बीमक संघले बीमांकमा समेत कृषि विभागको असहमति रहेको भन्दै यस्तो अवस्थामा बीमाको दाबी भुक्तानी समेत नदिने जनाएको छ ।


    images
    images

    Logo