काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । सोमबार कृषि विकास बैंकको २ प्रतिशत बापतको २६ लाख ३७ हजार ५ सय ३८ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
यो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।