images
images

शेयर बजारमा गिरावट कायमै, परिसुचक १८१८.३१ विन्दुमा 


  • 287
    SHARES
  • २०८० जेठ १ गते सोमबार

    शेयर बजारमा गिरावट कायमै, परिसुचक १८१८.३१ विन्दुमा 

    काठमाडौं ।  शेयर बजारमा लगातार गिरावट हुने क्रम जारी छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.३४ अंकले घटेर १ हजार ८ सय १८ दशमलव ३१ विन्दुमा झरेको छ । गत साताको बुधबार देखि ओरालो लागेको नेप्से, यस दिन पनि घटेर बन्द भएको हो। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। 

    सोमबार कारोबारमा आएको २ सय ६६ स्क्रिपको ७२ करोड ४९ लाख रुपैयाँ बराबरको २३ लाख ४१ हजार कित्ता शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक बढेको हो भने बाँकी उपसमूहको परिसूचक घटेको हो।

    आज ९६ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ४ कम्पनीको शेयर मूल्य घटेको छ भने १९ कम्पनीको शेयर मूल्य स्थिर छ । आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ३ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको २ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज एनआएबीएल ग्रोथ फन्डको ९.८८ प्रतिशतले बढेको छ । आत्मनिर्भर लघुत्तिको ६.११ प्रतिशतले बढेको छ । 

     


    images
    images

    Logo