काठमाडौं । दुई लघुवित्तहरुले मर्जरमा जानको लागि अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन् । विजय लघुवित्त र नयाँ सारथी लघुवित्तले मर्जरको लागि अन्तिममा हस्ताक्षर गरेका हुन् ।
दुई कम्पनी बीच एक आपसमा गाभ्ने/गाभिने सम्वन्धी अन्तिम सम्झौता पत्र शनिबार बेलुका ७ बजे हस्ताक्षरण भएको कम्पनीले जनाएको छ । दुई लघुवित्तले १ः१ को अनुपातमा मर्जर गर्ने गरी स्वाप रेसियो तय गरेका छन् ।
नवलवरासीको गैंडाकोटमा राष्ट्रिय स्तरको विजय लघुवित्त वित्तीय संस्था र काभ्रेको धुलिखेलमा नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीच गत मंसिर २६ गते मर्जर सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको थियो भने दुई कम्पनीलाई मर्जरको लागि नेपाल राष्ट्र बैंकले चैत २ गते सैद्धान्तिक स्वीकृत प्रदान गरेको थियो ।
हाल नयाँ सारथी लघुवित्तको चुक्ता पुँजी ३० करोड ३३ लाख ९५ हजार रुपैयाँ छ भने विजय लघुवित्तको चुक्ता पुँजी ३२ करोड रुपैयाँ रहेको छ ।



