images
images

नेपाल टेलिकमको नाफामा सामान्य गिरावट, अन्य सुचक कस्तो छ ? 


  • 293
    SHARES
  • २०८० बैशाख ३० गते शनिबार

    नेपाल टेलिकमको नाफामा सामान्य गिरावट, अन्य सुचक कस्तो छ ? 

    काठमाडौं । आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल टेलिकमको नाफामा सामान्य घट्न पुगेको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.४३ प्रतिशत मात्र कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ५ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ थियो।

    चालु आर्थिक बर्षको ९ महिनामा ३३ अर्व २० करोड ८५ लाख रुपैयाँ कुल आय भएको छ भने यो गतबर्षको तुलनामा २.०५ प्रतिशतले बढेर छ । गत बर्षको सोही अवधिमा ३२ अर्ब ५३ करोड ६७ लाख रुपैयाँ आय भएको थियो । 

    कम्पनीको कुल सञ्चालन आय झिनो दरले घटेको हो। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २७ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ  यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.०९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी २८ अर्ब २१ करोड ९६ लाख रुपैयाँ थियो। 

    बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब १ अर्ब ७३ करोड ९९ लाख रुपैयाँले वृद्धि भएको छ भने बिदेशी विनिमय दरमा भएको परिवर्तनका करिब ५ करोड ४६ लाख रुपैयाँ विदेशी मुद्रा लाभ भएको कम्पनीले जनाएको छ । 

    नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १७ पैसा घटेर ४० रुपैयाँ ९ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५ सय १९ रुपैयाँ ३० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.४ गुणा रहेको छ। 

     

     


    images
    images

    Logo