images
images

थप १४ ब्रोकर कम्पनीले पाए बोर्डबाट एलओआई, कुन कुन थपिए ?


  • 305
    SHARES
  • २०८० बैशाख २९ गते शुक्रबार

    थप १४ ब्रोकर कम्पनीले पाए बोर्डबाट एलओआई, कुन कुन थपिए ?

    काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप १४ वटा नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र (एओआई) दिएको छ। बैशाख २८ गते बसेको बोर्डको बैठकले उक्त १४ कम्पनीलाई एओआई दिएको हो ।

    आशयपत्र पाउने थप १४ कम्पनीहरुमा माछापुच्छ्रे सेक्युरिटिज, प्रभु स्टक मार्केट, पाही इन्भेष्टमेन्ट, बेनी सेक्युरिटिज, ट्रेडमो सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, रोडसो सेक्युरिटिज, सजिलो ब्रोकर पब्लिक, एप्पल सेक्युरिटिज, म्याग्नेट सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट कम्पनी, हिमालयन सेक्युरिटिज, सनी सेक्युरिटिज र सी.जी इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् । 

    सेबोनले यसअघि पहिलो चरणमा १६ र दोस्रो चरणमा १३ वटा ब्रोकरलाई आशयपत्र दिइसकेको छ । यस संगै बोर्डबाट एलओआई पाउने कम्पनीको संख्या ४३ पुगेको छ । 

    बोर्डले सिमित कार्य सञ्चालन गर्ने गरि २० करोड चुक्ता पुँजी भएका आवेदकहरुलाई लाइसेन्सका लागि एलओआई दिएको हो । बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ लाई संसोधन गर्दै स्टक डिलरका लागि १ अर्ब ५० करोड, मर्चेन्टसहितका पूर्णकालिन ब्रोकरका लागि ६० करोड र डिस्काउन्ट ब्रोकरका लागि २० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ ।

    यस्ता छन् आशयपत्र पाउने कम्पनीहरुः

    LOI sebon .jpg


    images
    images

    Logo