images
images

मौद्रिक नीतिको त्रैमासिक समीक्षा : के के छन् नयाँ व्यवस्था ?


  • 384
    SHARES
  • २०८० बैशाख २९ गते शुक्रबार

    मौद्रिक नीतिको त्रैमासिक समीक्षा : के के छन् नयाँ व्यवस्था ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार बिहान बसेको सञ्चालक समिति बैठकबाट पारित भएसँगै बैंकले बेभसाइटमार्फत् उक्त समीक्षा सार्वजनिक गरेको हो । 

    समीक्षामार्फत् राष्ट्र बैंकले विद्यमान ब्याजदर करिडोरको सीमालाई १ प्रतिशत विन्दुले घटाएको छ । जसअनुसार अब करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंकदर ७.५ प्रतिशत कायम भएको छ । त्यस्तै, करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ५.५ प्रतिशत र नीतिगत दर ७ प्रतिशतमा यथावत राखिएको छ । 

    बजारमा दीर्घकालीन निक्षेपको ब्याजदर घट्दै जाँदा राष्ट्र बैंकले अल्पकालीन ब्याजदरको औजारमार्फत् ब्याजदर नियन्त्रण गर्न खोजेको हो । 

    समीक्षाले अर्थतन्त्रमा देखिएको सुस्ततालाई सम्बोधन गर्ने प्रयास गरेको छ । यसका लागि पछिल्लो २ वर्षसम्म नकारात्मक वृद्धि भएका क्षेत्रमा पुनकर्जा प्रवाह गर्ने व्यवस्था गरेको छ । त्यस्तै, होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा ५ करोड रुपैयाँसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनरसंरचना÷पुनरतालिकीकरण गर्न सक्नेगरी व्यवस्था मिलाउने नीति राष्ट्र बैंकले लिएको छ । 

    त्यस्तै, अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जाहरुलाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा कुनै किसिमको हर्जाना÷शुल्क नलिने गरी ३ महिनासम्मका
    लागि २०८० असार मसान्तभित्र म्याद थप गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । 

    लघ्वित्त क्षेत्रमा देखिएको समस्याबारे समेत राष्ट्र बैंकले केही विषय सम्बोधनको प्रयास गरेको छ । जसअनुसार लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीहरुलाई २०८० असार मसान्तभित्र कर्जाको पुनरसंरचना÷पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने उल्लेख गरिएको छ । 


    images
    images

    Logo