काठमाडौं । जेठ महिनामा बैंकको निक्षेपको व्याजदर नघट्ने भएको छ । बिहीबार बसेको बसेको बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले निक्षेप ब्याजदर यथावत राख्ने निर्णय गरेको हो ।
वैशाखमा निक्षेपको ब्याजदर घटाएर एकल अंकमा झारीसकेको र निक्षेपमा उल्लेख्य सुधार नभएकोले जेठमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेको हो ।
चैतअघि ११ प्रतिशत रहेको बैंक ब्याजदर चैतमा ९.९९ प्रतिशतमा झरेको थियो । यस्तै संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत छ भने बचतको ब्याजदर ५.४ प्रतिशत देखि ७.४ प्रतिशत कायम छ ।