काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले आजदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जर प्रकृया सकेर उक्त ३ वटै कम्पनीले एक आपसमा मर्ज भई ूहिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् ।
उक्त ३ वटै कम्पनी एक आपसमा १ः१ः१ को अनुपातमा गाभिएका छन् । यी तीन वटै कम्पनीले एक आपसमा गाभिन बीमा प्राधिकरणले वैशाख १३ गते, नेपाल धितोपत्र बोर्डले वैशाख १९ तथा कम्पनी रजिष्ट्रार कार्यालयले वैशाख २० गते अन्तिम स्वीकृति दिएका हुन्।
मर्जरपछि बन्ने कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइम लाइफको कार्यालय रहेको स्थानमा रहनेछ । आजदेखि यी ३ वटै कम्पनीको एकिकृत कारोबार प्रयोजनका लागि नेप्सेले शेयर कारोबार रोक्का राखेको छ ।
सो कम्पनीहरुले एकिकृत कारोबार प्रयोजनका लागि डाटा माइग्रेसनाको काम गर्नु पर्ने भएकोले वैशाख २३, २४ र २५ गते सम्पूर्ण बीमा सेवाहरु बन्द गरेका थिए ।



