काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब १८ करोडको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो ।
बैंकले २८ दिनको लागि ३ अर्बको ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको छ भने जसमा बैंकले ५ अर्बको नयाँ जारी गर्ने भएको हो । त्यस्तै, १८२ दिनको लागि ९ अर्बको ट्रेजरी विल जारी गर्ने भएको छ । जसमा बैंकले ३ अर्बको नयाँ जारी गर्ने भएको हो ।
त्यस्तै, ३६४ दिनको लागि ६ अर्ब ८ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । जसमा बैंकले ४ अर्बको नयाँ जारी गर्ने भएको छ ।
उक्त ट्रेजरी विल २८ दिनको जेठ २३ गते परिपक्क हुनेछ भने ९१ दिनको साउन २३ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको कात्तिक २१ गते परिपक्क हुनेछ भने ३६४ दिनको २०८१ बैशाख २५ गते परिपक्क हुनेछ ।
यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।



