images
images

एकैदिन ६ अर्बले बढ्यो बैंकहरुको निक्षेप, कर्जा लगानी कति ?


  • 378
    SHARES
  • २०८० बैशाख २२ गते शुक्रबार

    एकैदिन ६ अर्बले बढ्यो बैंकहरुको निक्षेप, कर्जा लगानी कति ?

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ६ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार वैशाख १९ गते बैंकहरुको निक्षेप सो रकम बराबर बढ्न पुगेको हो । 

    वैशाख १८ गते ५४ खर्ब ५३ अर्ब रुपैयाँ रहेको निक्षेप १९ गते ६ अर्बले बढेर ४५ खर्ब ५९ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ । सोही समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि ५ अर्ब रुपैयाँले बढेको छ । वैशाख १८ गते ४८ खर्ब १० अर्ब रुपैयाँ रहेको निक्षेप १९ गते ५ अर्बले बढेर ४८ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । 

    त्यस्तै, सोही अवधिमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप भने ६ खर्ब ४३ अर्ब रुपैयाँमा स्थिर रहेको छ । 

    बैंकहरुको नक्षेप ६ अर्बले बढ्दा कर्जा लगानी भने स्थिर रहेको छ । वैशाख १९ गते बैंकहरुको कर्जा लगानी ४८ खर्ब ४२ अर्ब रुपैयाँ कायम छ । सो अवधिमा वाणिज्य बैंकको कर्जा लगानी ४२ खर्ब ९५ अर्ब रुैपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको ५ खर्ब ४७ अर्ब रुपैयाँ रहेको छ । 

    सो समयमा बैंकको सीडी रेसियो ८५.२४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । 


    images
    images

    Logo