आगामी बजेटमा समावेश गर्न सरकारलाई फियनको ९ बुँदे सुझाव
254
SHARES
२०८० बैशाख २१ गते बिहीबार
काठमाडौं । आगामी बजेटमा समावेश गर्न नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले सरकारलाई नौ सुझाव दिएको छ । बिहीबार अर्थ मन्त्रीलाई पत्र पठाउँदै फियनले उक्त सुझाव दिएको हो ।
उक्त सुझावमा वित्तीय क्षेत्रका कर्मचारीहरुका लागि सामाजिक सुरक्षा कोषमा योगदान गर्दाका प्रावधानहरु सच्याउन माग गरिएको छ । त्यस्तै, वित्तीय क्षेत्रका कर्मचारीले आफू कार्यरत संस्थाबाट ऋण लिँदा पाउने सहुलियत, आयकर छुट लगायतका साथै पुँजीबजार तथा लघुवित्त क्षेत्रका समस्याहरु समाधान गर्नुपर्ने विषय औंल्याइएको छ ।