images
images

२ अर्ब ८२ करोड भन्दा बढी रुपैयाँको नागरिक बचतपत्र विक्री गर्दै राष्ट्र बैंक 


  • 310
    SHARES
  • २०८० बैशाख २१ गते बिहीबार

    २ अर्ब ८२ करोड भन्दा बढी  रुपैयाँको नागरिक बचतपत्र विक्री गर्दै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ८२ करोड १४ लाख ७० हजार रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८५ विक्री गर्ने भएको छ ।  बैंकले ५ बर्षे अवधिको लागि बार्षिक १० प्रतिशतका दरले व्याजदिने गरि उक्त बचतपत्र विक्री गर्ने लागेको हो । 

    बचतपत्रमा बैशाख १४ गतेदेखि जेठ १४ गते गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ जसको निष्काशन जेठ ३० गते गरिने राष्ट्र बैंकले जनाएको छ। बचतपत्रको सावाँ फिर्ता २०८५ जेठ ३० गते हुने छ । 

    प्रत्येक ६÷६ महिनामा ब्याज दिइने उक्त बचतपत्र खरीद गर्न घटीमा १० हजार र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिन पाइनेछ। 

    उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरीद गर्न पाउनेछन् । बचतपत्र खरिद गर्न चाहनेले नेपाली नागरिकता प्रमाणपत्र, नाबालकको हकमा बचतपत्र खरिद गर्ने भएमा संरक्षको नागरिकता र जन्मदर्ताको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइजको फोटोसमेत पेश गर्नुपर्नेछ ।

    नेपाली नागरिकले मात्र खरिद गर्न पाउने सो बचतपत्र धितो राखी राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट समेत कर्जा लिन सकिनेछ ।


    images
    images

    Logo