images
images

७ प्रदेशबाट १ खर्ब रुपैयाँ बीमाशुल्क संकलन, कुन प्रदेशबाट कति ? 


  • 334
    SHARES
  • २०८० बैशाख २१ गते बिहीबार

    ७ प्रदेशबाट १ खर्ब रुपैयाँ बीमाशुल्क संकलन, कुन प्रदेशबाट कति ? 

    काठमाडौं । चैत महिनमा ७ प्रदेशबाट कुल १ खर्ब ४ अर्ब ७३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका कम्पनीहरुले विभिन्न प्रदेशबाट सावधिक जीबन बीमा, अग्रिम भुक्त्तानी सावधिक जीबन बीमा, रुपान्तरि सावधिक, बालबच्चा, वैदेशिक रोजगार, आजिवन जीवन विमा, एकलबीमा, म्यादी वीमा, लघु बीमा बापत सो रकम संकलन गरेको हो । 

    कुन प्रदेशबाट कति ? 

    जीवन बीमा कम्पनीहरुले चैत महिनामा सवैभन्दा बढी बाग्मती प्रदेशबाट बीमा शुल्क आर्जन भएको छ । कम्पनीहरुले विभिन्न बीमालेखहरुमा बाग्मती प्रदेशबाट कुल ४७ अर्ब ११ करोड रुपैयाँ संकलन गरेका छन् । दोस्रोमा लुम्विनी प्रदेश रहेको छ । लुम्विनी प्रदेशबाट कुल १५ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । 

    त्यस्तै, चैतमहिनामा कोशी प्रदेशबाट १२ करोड ६१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । गण्डकी प्रदेशले १० अर्ब ४७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।  सुदुरपश्चिम प्रदेशबाट ५ अर्ब ३२ करोड रुपैयाँ, कर्णाली प्रदेशबाट ४ अर्ब २४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।  र मधेश प्रदेशबाट ९ अर्ब ६९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्ने सफल भएका छन् ।

    beema.JPG

     


    images
    images

    Logo