काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले लिने सेवा शुल्कमा सीमा निर्धारण गरेको छ । राष्ट्र बैंकले बैंक मंगलबार सूचना जारी गर्दै लघुवित्तहरुका लागि सीमा निर्धारण गरेको हो ।
राष्ट्र बैंकका अनुसार लघुवित्तहरुले बचतरनिक्षेप खाता सञ्चालन गरेबापत कुनै पनि शुल्न लिन पाउने छैनन् । त्यस्तै, लघुवित्तहरुले कर्जा प्रवाह गर्दा १.५० प्रतिशतभन्दा बढी सेवा शुल्क लिने गरेकोमा राष्ट्र बैंकले यस्तो शुल्क घटाएर अब बढीमा १.५० प्रतिशत मात्रै लिन पाउने व्यवस्था गरेको छ ।
साथै, एक वर्षभन्दा कम अवधिको कर्जा प्रवाह गरेमा वार्षिक १.५० प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिको आधारमा दामासाहीले मात्र सेवा शुल्क लिन पाउने पनि राष्ट्र बैंकले जनाएको छ ।
