images
images

नागरिक लगानी कोषको नाफा ७७ करोड ७९ लाख, अन्य सूचक कस्तो छ ?


  • 422
    SHARES
  • २०८० बैशाख १८ गते सोमबार

    नागरिक लगानी कोषको नाफा ७७ करोड ७९ लाख, अन्य सूचक कस्तो छ ?

    काठमाडौं । चैत मसान्तसम्ममा नागरिक लगानी कोषको नाफाले ७७ करोड ७९ लाख रुपेयाँ नाफा कमाएको छ । गतवर्ष कम्पनीको नाफा ६१ करोड ६६ लाख रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा यो वर्षको नाफा २६.१५ प्रतिशत बढी हो । 

    सो अवधिमा कम्पनीको ब्याज आम्दानी बढेर ३० करोड ५० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी १ अर्ब ३ करोड ७ लाख रुपैयाँबाट बढेर १ करोड २५ लाख ६९ हजार रुपैयाँ पुगेको छ भने कुल खर्च २१ करोड ९६ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ । 

    सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ४० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २ सय १ रुपैयाँ ८७ पैसा रहेको छ । 


    images
    images

    Logo