images
images

संस्थापकले किनेनन् सिद्धार्थ बैंकको शेयर, अब सर्वसाधारणलाई


  • 486
    SHARES
  • २०८० बैशाख १८ गते सोमबार

    संस्थापकले किनेनन् सिद्धार्थ बैंकको शेयर, अब सर्वसाधारणलाई

    काठमाडौं । सिद्धार्थ बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गरिने भएको छ । बैंकले संस्थापक शेयरधनी विनोद कुमार खेतानको नाममा रहेको १ लाख ४ हजार ८ सय १३ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्ने भएको हो । 

    सो शेयर संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि सर्वासधारणलाई विक्री गर्न लागिएको हो ।उक्त संस्थापक शेयर खरिद गर्नका लागि इच्छुक सर्वासधारणहरुले सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र  बैंकको केन्द्रिय कार्यालय हात्तीसार काठमाडौंमा आवेदन दिनुपर्ने  बैंकले जनाएको छ । 


    images
    images

    Logo