काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले बैशाख २७ गगतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुबै कम्पनीले मर्जर पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
यी दुबै कम्पनीले गत माघ २७ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका थिए । सम्झौता अनुसार दुवै कम्पनी समान हैसिएतमा गाभिने भएका छन् । यी दुबै कम्पनीलाई नेपाल धितोपत्र बोर्डले मर्जरको लागि बैशाख १२ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
हाल आइएमई जनरल इन्स्योरेन्सको चुक्तापूँजी १ अर्ब ८० करोड ३७ लाख ५० हजार रहेको छ । प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापूँजी १ अर्ब १८ करोड ६१ लाख ४४ हजार रहेको छ ।