images
images

चैतसम्ममा निर्जिवन बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति गरे बीमाशुल्क आर्जन ?


  • 310
    SHARES
  • २०८० बैशाख १६ गते शनिबार

    चैतसम्ममा निर्जिवन बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति गरे बीमाशुल्क आर्जन ?

    काठमाडौं । चैतसम्ममा निर्जीवन बीमा कम्पनीले ३० अर्व १ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीहरुले चैत महिनासम्म सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर सम्बन्धि, विविध, लघु र कृषि तथा बालि लगायतका बीमा लेखहरुबाट उक्त बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

    कुन प्रदेशबाट कति ?

    नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको बीमालेखको प्रदेशगत विवरण अनुसार बाग्मती प्रदेशबाट सबैभन्दा बढी बीमा शुल्क संकलन भएको छ । चैत महिनासम्ममा बीमा कम्पनीहरुले यस प्रदेशबाट १९ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

    यसैसँगै, बीमा शुल्क संकलनको आधारमा दोस्रो नम्बरमा लुम्बिनी प्रदेश रहेको छ । चैत महिनासम्ममा बीमा कम्पनीहरुले लुुम्बिनी प्रदेशबाट २ अर्ब ७६ करोड ४९ लाख बीमा शुल्क संकलन गर्न सफल भएका छन् । त्यस्तै, बीमा कम्पनीहरुले यस त्रैमाससम्ममा कोशी प्रदेशबाट २ अर्व ६२ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएका छन् । 

    कम्पनीहरुले मधेश प्रदेशबाट १ अर्व ८६ करोड ६० लाख रुपैयाँ, गण्डकी प्रदेशबाट १ अर्व ६८ करोड ३० लाख रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएका छन् भने कर्णाली प्रदेशबाट ४४ करोड ४८ लाख रुपैयाँ र सुदुरपश्चिम प्रदेशबाट ७७ करोड ८९ लाख रुपैयाँ संकलन गर्ने सफल भएका छन् । 

    chaita-samm-beema-pradeshgat-@-picture.jpg


    images
    images

    Logo