images
images

प्राइम, गुराँस र युनियनले ल्याए नयाँ योजना, स्वेच्छिक अवकास लिनेलाई २ वर्षसम्मको सुविधा


  • 349
    SHARES
  • २०८० बैशाख १५ गते शुक्रबार

    प्राइम, गुराँस र युनियनले ल्याए नयाँ योजना, स्वेच्छिक अवकास लिनेलाई २ वर्षसम्मको सुविधा

    काठमाडौं । मर्जरको अन्तिम चरणमा रहेका प्राईम, गुराँस र युनियन लाइफले इन्स्योरेन्सले कर्मचारीहरुका लागि नयाँ योजना ल्याएको छ । उक्त ३ वटै कम्पनीहरुले आकर्षक सुविधासहित आफ्ना कर्मचारीहरुका लागि स्वेच्छिक अवकास योजना ल्याएका छन् । 

    मर्जर पछि तीन कम्पनीका कर्मचारी एक हुँदा व्यवस्थापन गर्न गाह्रो पर्ने भएपछि कम्पनीहरुले सो योजना ल्याएको जनाइएको छ । कम्पनीले एक्जुकेटीभ एजीएम, एसिईओ, सिनियर डिसिईओ देखि सहायक तर्फको कर्मचारीको लागि छुटाछुटै योजना ल्याएको छ ।

    सो योजना अनुसार कम्पनीका कर्मचारीहरुहरुले स्वच्छिक अवकास हुन चाहेमा न्युनतम ६ महिनाको तलब सुविधा पाउने छन् । साथै, १ वर्षदेखि ३ वर्षसम्म काम गरेका कर्मचारीहरुका लागि थप २ महिनाको तलब प्राप्त गर्ने छन् । 

    त्यस्तै ३ वर्षदेखि ५ वर्ष काम गरेकाले अतिरिक्त ६ महिना, ५ वर्षदेखि १० वर्ष काम गरेकाले अतिरिक्त १० महिना र १० वर्ष भन्दा बढि अवधि काम गरेकाले थप १२ महिनाको तलब पाउनेछन् । 

    अफिसर जेओ देखि एसओसम्मका कर्मचारीले ८ महिनाको तलब सु्विधा र कार्यअवधिको हकमा १४ महिनासम्मको तलब सुविधा थप गरिने योजना रहेको छ।

    एसिस्टेन्टको हकमा १० महिनाको तलब सुविधाको साथै कार्य अवधिको हकमा १५ महिनासम्मको तलब सुविधा थप गर्ने प्रावधान रहेकोछ ।

    त्यस्तै, अन्य विभिन्न पदको लागि १२ महिनाको तलब सुविधाको साथै कार्य अवधिको हकमा १६ महिनाको तलब सुविधा समेत दिइने कम्पनीले जनाएको छ । 

    b.webp


    images
    images

    Logo