काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो ।
बैंकले २८ दिनको लागि ४ अर्ब रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि ८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको छ । जसमा बैंकले ३ अर्बको नयाँ जारी गर्ने भएको हो ।
त्यस्तै, १८२ दिनको लागि १३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ जसमा ३ अर्बको नयाँ जारी गर्ने लागेको हो । ३६४ दिनको लागि २ अर्बको ट्रेजरी विल जारी गर्ने भएको छ ।
उक्त ट्रेजरी विल २८ दिनको जेठ १६ गते परिपक्क हुनेछ भने ९१ दिनको साउन १६ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको कात्तिक १४ गते परिपक्क हुनेछ भने ३६४ दिनको २०८१ बैशाख १८ गते परिपक्क हुनेछ ।
यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।



