images
images

२ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक 


  • 377
    SHARES
  • २०८० बैशाख १४ गते बिहीबार

    २ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको २ अर्ब १४ लाख रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले मंगलबार एक सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । 

    राष्ट्र बैंकले क वर्गको वाणिज्य बैंकहरुमा १ अर्ब ६० करोड १२ लाख रुपैयाँ, ख वर्ग राष्ट्रिय वर्गका विकास बैंकहरुमा ३० करोड २ लाख रुपैयाँ र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १० करोड रुपैयाँ लगानी गर्ने भएको छ । 

    निक्षेप लिन चाहाने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई बैशाख १९ गते जानकारी गराउन बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३६५ दिनको हुनेछ । 

    आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्ने, निष्कृर्य कर्जा कुल कर्जा सापटको ५% भन्दा कम भएको हुनुपर्नेछ । यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने लगायतका नियम केन्द्रीय बैंकले तोकेको छ ।  

     

     


    images
    images

    Logo