images
images

चैतसम्ममा निर्जीवन बीमा कम्पनीले संकलन गरे ३० अर्ब बिमाशुल्क


  • 316
    SHARES
  • २०८० बैशाख १३ गते बुधबार

    चैतसम्ममा निर्जीवन बीमा कम्पनीले संकलन गरे ३० अर्ब बिमाशुल्क

    काठमाडौं । निर्जीवन बीमाकम्पनीले चैत महिनासम्ममा ३० भन्दा बढी रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । मंगलवार नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १६ निर्जीवन बीमा कम्पनीले सो अवधिमा कुल ३० अर्ब १ करोड ४९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

    चेत महिनामा मात्रै कम्पनीले २ लाख ८९ हजार बीमालेख विक्री गरी ४ अर्ब १४ करोड १५ लाख रुपैयाँ  बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीले यो अवधिमा ४ अर्ब १५ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । 

    त्यस्तै, दोस्रोमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ४८ करोड १३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि सो अवधिमा ३ अर्ब ३५ करोड २५ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

    त्यस्तै यो अवधिमा सबैभन्दा थोरै बीमाशुल्क संकलन गर्नेमा नेशनल इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीको ७६ करोड ३२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । 

    b.JPG


    images
    images

    Logo