images
images

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले पाए मर्जरका लागि अन्तिम स्वीकृति


  • 321
    SHARES
  • २०८० बैशाख १३ गते बुधबार

    आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले पाए मर्जरका लागि अन्तिम स्वीकृति

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले मर्जरका लागि नेपाल धितोपत्र कोर्डको अन्तिम स्वीकृति पाएका छन् । यी दुबै कम्पनीलाई बोर्डले मंगलबार अन्तिम स्वीकृति दिएको हो । 

    यी दुबै कम्पनीले गत माघ २७ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका थिए ।  सम्झौता अनुसार दुवै कम्पनी समान हैसिएतमा गाभिने  भएका छन् । दुइ कम्पनीबीच मर्जर पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने सहमती भएको छ । 

    हाल आइएमई जनरल इन्स्योरेन्सको चुक्तापूँजी १ अर्ब ८० करोड ३७ लाख ५० हजार रहेको छ । प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापूँजी १ अर्ब १८ करोड ६१ लाख ४४ हजार रहेको छ ।


    images
    images

    Logo