images
images

२८ अर्ब ६० करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, २० अर्बको नयाँ 


  • 284
    SHARES
  • २०८० बैशाख १० गते आइतबार

    २८ अर्ब ६० करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, २० अर्बको नयाँ 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २६ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । सोमबार बैंकले सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो ।

    बैंकले २८ दिनको लागि १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ जसमा ५ अर्बको नयाँ ट्रेजरी विल जारी गर्ने भएको हो । त्यस्तै, ९१ दिनको ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने जसमा ५ अर्बको नयाँ ट्रेजरी विल जारी गर्ने भएको हो । 

    त्यस्तै, १८२ दिनको लागि ६ अर्ब रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको छ सो विल नयाँ जारी गर्ने लागेको हो भने ३६४ दिनको लागि ४ अर्ब रुपैयाँको नयाँ ट्रेजरी विल जारी गर्ने भएको छ ।

    उक्त ट्रेजरी विल २८ दिनको जेठ ९ गते परिपक्क हुनेछ भने ९१ दिनको साउन ९ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको कात्तिक ७ गते परिपक्क हुनेछ भने ३६४ दिनको २०८१ बैशाख ११ गते परिपक्क हुनेछ । 

    यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् । 


    images
    images

    Logo